दाना जस्तो डण्डिफोर आयो ? सावधान हुनसक्छ क्यान्सरको लक्षण

शरीरमा आवस्यकता भन्दा बढी मासु पलाएमा क्यान्सर हुनसक्छ। क्यान्सर विभिन्न कारणले हुनसक्छ। शरीरको प्रतिरोधी क्षमताले यी कुरालाई कति पचाउन सक्छ, त्यसले पनि क्यान्सर रोगको निर्धारण गर्छ।

धुवाधुलो प्रदुषण लगायतको सुर्यको विकिरणले पनि क्यान्सर हुनसक्छ। तथापी, केही प्रमुख कुराहरू छन्, जसलाई क्यान्सर हुनुको प्रमुख कारण मान्न सकिन्छ। आज हामी तपाईलाई महिलामा देखिने केही क्यान्सर र त्यसका लक्षणका बारेमा जानकारी दिदैछौँ । यस्ता लक्षण देखिए भने क्यान्सरको पूर्व लक्षण हुनसक्छ।

हड्डी दुख्नुः हड्डी दुखाइ घाउचोटपटक, संक्रमण तथा हड्डीसम्बन्धी समस्याले हुन सक्छन् तर यी क्यान्सरका लक्षण पनि हुन सक्छन्। यदि तपाईको ढाड, कम्मर, करङहरु दुख्छ भने सजग हुनुपर्छ। हाडजोर्नी दुखेर ज्वरो आउने, थकान महसुस हुने वा तौल कम भएको छ भने त्यो ल्युकेमियाको लक्षण हुन्छ सक्छ। बोन म्यारो वा रगतको क्यान्सरका लक्षण हुन सक्छन्।

दाना जस्तो डण्डिफोरः छालाका क्यान्सरका बिरामी पछिल्लो समय धेरैदेखिएका छन्। जसको मुख्य कारण सुर्यको अल्ट्राभ्वाइलेट किरणसँगको प्रत्यक्ष सम्पर्क भन्ने देखिएको छ। यदि गाला तथा नाकमा गोलो मोती दाना जस्तो डण्डिरफोर देखियो र त्यसले निको हुने छाँटकाट नै देखाउँदैन भने क्यान्सरको लक्षण हुन सक्छ। ६ देखि ८ हप्ता सम्म त्यो दाना रहिरह्यो भने उपचार गराउनुपर्छ।

लामो समयसम्म चिलाउनेः सुन्दा पत्यार लाग्दैन तर छाला लामो समयसम्म चिलाउनु पनि क्यान्सरको लक्षणमध्येको एक हुन सक्छ। लिम्फोमाको लक्षण हुन सक्छ। धेरै जसो छालाको समस्या भए छालारोग विशेषज्ञ कहाँ जाने भेटिन्छन्। यदि तपाईले पहिले छालारोगकोमा गइसक्नुभएको छ र सुधार भएन भने क्यान्सररोग विशेषज्ञसँग जचाउन सकिन्छ।

कान दुख्नेः यदितपाईको कान लगातार दुखिरहेको छ र कुनै संक्रमण पनि भएको छैन भने त्यसको संकेत के त ? त्यो कानको समस्या नहुन सक्छ।

त्यो दुखाइ कानको नसाबाट टाउको वा घाँटीसम्म पुगिरहेको हुन सक्छ। जुन मुखको क्यान्सरको लक्षण हुन सक्छन्। त्यसैगरी जिब्रोको पछाडी र तन्सिलमा पनि क्यान्सर देखिन सक्छ।

योनीबाट रगत बग्नुः अनियमित महिनावारी हामोर्नको गडबडीले हुन सक्छ। तर कहिलेकाहीँ महिनावारी गडबडी गर्भासयको क्यान्सर पनि हुन सक्छ। मेनोपजपछि पनि रगत बग्नु सामान्य होइन।

त्यसैले ख्याल गर्नुपर्ने हुन्छ। चिकित्सकहरुले बताए अनुसार गर्भासयको क्यान्सर धेरैजसो पहिलो स्टेजमा थाहा पाइन्छ र निको हुने धेरै सम्भावना हुन्छ।

पिसाबको समस्याः पिसाबको समस्या धेरै जसो महिलामा देखिने गरेको । विशेषगरी यसको संक्रमण हुने र टाइप टु डायबेटिजले गर्दा पनि पिसाबको समस्या महिलाले भोग्छन्।

पिसाबको समस्या पत्थरीको संकेत पनि हुन सक्छ। उदि पिसाबमा रगत देखिएको छ भने त्यो मुत्रथैली वा मिर्गौलाको क्यान्सर हुन सक्छ।

एनिमिया : यदी तपाईको दिसामा रगत देखियो (पाइल्स रोगबाहेक) भने त्यो ठूलो आन्द्राको क्यान्सर हुन सक्छ। एनिमियाले तपाईलाई थकान महसुस गराउने, चक्कर लगाउने जस्ता लक्षण गराउन सक्छ जुन क्यान्सरका लक्षण हुन सक्छन्।

घाँटीमा गोलीगाँठाः सबै गोलीगाँठा र डल्लोहरु क्यान्सरको लक्षण होइनन्। घाँटीमा आउने सुन्निएको डल्लो कुनै संक्रमण वा बढिरहेको ट्यमुर हुन सक्छ।

यदि घाँटीको बीच भाग जहाँ थाइरोड हुन्छ त्यहाँ सुन्निएको छ भने क्यान्सरको परिक्षण भने गराउनुपर्छ। महिलामा थायराइड क्यान्सरको सम्भावना पुरुषभन्दा ३ गुणाले बढी हुन्छ। खुसीको कुरा भने यो क्यान्सर धेरै छिटो फैलिँदैन र यसको उपचारमा निको हुने धेरै सम्भावना हुन्छ।

स्तन सुन्निनुः यदि स्तन अरुबेला भन्दा असामान्य देखिन्छ जस्तै दुखाइ, रातोपन, सुनिएको छ भने स्तनमा संक्रमण भएको हुन सक्छ। स्तन क्यान्सरको पनि उस्तै लक्षण हुन्छन्। कुनै-कुनै महिलामा स्तनको छाला एकदम बाक्लो हुँदै जाने हुन्छ त्यो पनि स्तन क्यान्सरको लक्षण हो। यो एकदम छिटो फैलन सक्छ।