शनिवार देखी फेरि लकडाउन सुरु हुँदै..

अर्घाखाँची जिल्लामा पौष १० (शनिवार) राति १२ बजेदेखि पुनः लकडाउन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन साउन ३० गते राति १२:३० सम्म जारी रहने छ ।*

दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने।

सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो चरण कै जस्तो कडाइका साथ सिल गरिनेछ ।

नेपालीका लागि विश्व बजारका उत्कृष्ट गन्तव्यहरुपनि जागिरका लागि खुल्न थालेका छन् ।कुनै समय सपनाको संसार मानिएको बेलायतलेपनि १० हजार नेपाली कामदार लैजाने इच्छा देखाएको छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले १० हजार नेपाली लैजाने इच्छा बेलायतले देखाएको जानकारी दिनुभयो ।सुरुमा नर्सहरु मात्र हुनेछन् । त्यसपछि क्रमशः अरु दक्ष जनशक्ति बेलायतले लिने तयारी गरेको छ ।प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुलाई जानकारी दिंदै सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने तयारी भएको बताउनुभयो

सचिव गौतमले सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताउनुभयो ।उहाँले कोभिडपछि बेलायतमा झन्डै एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आबद्ध भएका कामदार लाने तयारी भएको बताउनुभयो ।

सचिव गौतमका अनुसार बेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ । बेलायतले पहिलो चरणमा पाँच हजार नर्सलाई लाने र बिस्तारै थप गर्दै जाने प्रारम्भिक सहमति समेत गरेको सचिव गौतमले बताउनुभयो ।सचिव गौतमका अनुसार बेलायत जाने नर्सले वार्षिक २४ हजार पाउन्ड स्टर्लिङ अर्थात् झन्डै ४५ लाख रुपैयाँ तलब पाउनेछन् ।

सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बरभित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिबद्धता जनाएको बताउनुभयो ।त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोलीसमेत गठन भइसकेको सचिव गौतमले बताउनुभयो ।