
मैले जहाँ छोयो त्यहि बिकास हुन्थ्यो अहिले यो अला’ छिनले जहाँ छोयो खरानी हुन्छ:ओली(भिडियो) पुरा भिडियो हेर्न समचारको अन्तमा जानुहोस् काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलच्छिना भएको संज्ञा दिएका छन् ।आइतबार पार्टी निकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धन अलच्छिना सावित भएको भन्दै।
यस्तो संज्ञा दिएका हुन् ।हिजो हामी सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो । आज जहाँ छोयो त्यहीँ खरानी ।’ ओलीले भने ।यस्ता खरानीले फेरि सरकार चलाएर जाने हो भने देश के हुन्छ भन्दै प्रश्न गरेका ओलीले भने , ‘यिनीहरुको केही घराना र आफन्त सप्रिन्छन्, बाँकी सकिन्छ ।
एउटा पत्रिकारले यो गठबन्धन भनेको अलच्छिना नै रहेछ भनेर लेखेको भन्दै ओलीले साच्चै, यो गठबन्धन आएपछि देशको लच्छिन गएको पनि बताए । अन्य थप भिडियो हेर्नुस्।मैले जहाँ छोयो त्यहि बिकास हुन्थ्यो अहिले यो अला’ छिनले जहाँ छोयो खरानी हुन्छ:ओली(भिडियो सहित) ।
गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धन को छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि ।
समावेश गराउने तयारीऔपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै।
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।संघको बाँडफाँड टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ ।
शुक्रबार बस्ने गठबन्धनको बैठकमा तालमेलबारे औपचारिक निर्णय हुने र सिट बाँडफाँडबारे प्रारम्भिक छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँ छन् । तालमेलमा सहमति जुट्न ।
नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।
उपगठबन्धनको गृहकार्यपाँचदलीय गठबन्धनभित्र रहेका वाम समाजवादी पार्टीले उपगठबन्धनको गृहकार्य गरेका छन् । माओ वादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धनको गृहकार्य भइरहेको छ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी छ ।