गठबन्धनमा सिट बाँडफाँड – कसको भागमा कति पर्‍यो ? (विवरण सहित)

काठमाडौं साउन २८

सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ।

कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँकी ७५ गठबन्धनमा आवद्ध अरु दलले लिने सहमति भएको छ।

पछिल्लो समय कांग्रेसले गठबन्धनमा १०० सिट लिने चर्चा चलिरहेको थियो। तर, शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएको बुझिएको छ।

अहिले सिट बाँडफाँडको मोडालिटी तयार पार्न गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाएको छ।

कांग्रेसले ९० सिट राखे बाँकी ७५ सिटमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमोर्चा र बाबुराम भट्टराईले बाँडफाँड गर्ने बुझिएको छ।