जति कोसिस गर्दा पनि किन बच्चा बस्दैन ? एक चोटी अबश्य पढ्नुहोस्

मलेसियामा नेपालीलाई सबैभन्दा धेरै तलब र राम्रो बोनस सुबिधा दिने कम्पनी Wistron

काठमाडौं। मलेसियाको प्रसिद्ध कम्पनी विस्ट्रोन टेक्नोलोजीले शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ। सूचना प्रविधि (आइटी) क्षेत्रमा स्थापित यो बहुराष्ट्रिय कम्पनी हो

हाम्रो कम्पनी बहुराष्ट्रिय कम्पनी हो। यहाँ राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकलाई भेदभाव हुँदैन। मलेसियन होस्, या नेपाली सबैलाई एउटै व्यवहार हुनेछ,’ उनले भने।

कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा पनि आफ्नो कम्पनी सचेत रहेको उनले बताए।

यो कम्पनीका मलेसियासहित चीन, ताइवान, सिंगापुर, फिलिपिन्स, मेक्सिको, चेक गणतन्त्र र भारतमा विभिन्न शाखा छन्। मलेसियामा यो कम्पनीले सन् २०१९ देखि आफ्नो उत्पादन सुरु गरेको हो। कम्पनीका मलेसियामा मात्रै दुई उद्योग छन्।

सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन्। मलेसियामा श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो संसारकै ४२१ औं उत्कृष्ट कम्पनी भएको डेपुटी जनरल म्यानेजर डेभिडले दाबी गरे।

‘ग्लोवल र्‌याङ्कमा हाम्रो कम्पनी विश्वमै ४२१ नम्बरमा छ। गतवर्ष मात्रै २९ मिलियन डलर कम्पनीले नाफा गरेको थियो,’ उनले भने।