को हुन् ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरेका छवि सिटौला, कसले मार्ला बाजी ?

पुर्व शिक्षक छवि सिटौलाले पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षसँग चुनावि प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सिटौलाले तीनपटक प्रधानमन्त्री भइसकेका ओलीसँग झापा ५ बाट स्वतन्त्र उम्मेद्ववारका रुपमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

झापाको दमक नगरपालिका १० का स्थायि बासिन्दा सिटौलाले जित असंभव नरहेको बताएका छन् । उनले एक अन्तर्वार्तामा प्रसिद्ध व्यक्तिहरुको संघर्षको कथा सुनाउदैँ असंभव भन्ने कुरै नरहेको बताएका छन् ।

‘कवाडी काम गर्ने स्टिभ जब्स विश्वविख्यात एप्पल कम्पनिको मालिक बन्नसक्ने, खलासिको काम गर्दागर्दै रजनिकान्त सुपरस्टार हुन सक्ने।

वेटरको काम गर्ने लियोनल मेस्सी फुटबलको बादशाह हुन सक्ने र नेपालकै झमक घिमिरेले खुट्टाले उपन्यास लेखि मदन पुरस्कार विजेता हुन सक्छन् भने असंभव भन्ने केहि छैन’, उनले भनेका छन् ।

हालसम्म कुनै पार्टीको झण्डा नबोकेका तर राजनैतिक चेत राख्ने सिटौलाको परिवारिक राजनैतिक पृष्ठभुमि भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आबद्ध रहेको छ ।

चुनावी एजेन्डाका बारेमा छलफल भइरहेको बताउने सिटौलाले युवाहरुको राजनैतिक बेथिति विरुद्धको आन्दोलनमा एक्यबद्धता जनाउदैँ उम्मेद्वारी दिन लागेको बताएका छन् ।

उनले भने, ‘राजनैतिक बेथिति विरुद्ध युवाहरु होमिएका छन्, त्यहि आन्दोलनको हिस्सा हुँ म । सचेत युवा एकिकृत भए असंभव चुनाव जित्न असंभव छैन ।’