बलात्कार भएकी भनिएकी निहारिका राजपुतको निजि तस्बिर सार्बजनिक ,(फोटो फिचर)

काठमाडौं । नायिका करिश्मा मानन्धरले आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।

यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क करिश्माको छ । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको करिश्माको आशय छ ।

घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा मानन्धरले माफी समेत मागेकी छन् । अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गर्दै करिश्माले निहारिकालाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा र आफ्नो जीवनलाई असर हुने गरी अगाडि नबढ्न सल्लाह पनि दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे ! निहारिका ! आमा, बुवासँग माफी माग । बच्चालाई सर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुख नदेऊ । कत्ति नावालिग जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि ? तर सधैँ सत्य को साथमा छु । यो सब हेरे पछि के गरूँ म ?‘

निहारिका राजपुतले  हिजो  शुक्रबार रास्ट्रपति निवास अगाडि आफ्नै शरिरमा पेट्रोल छर्किएर आत्मादहको प्रयास समेत गरेकि थिइन, उनको प्रयास पश्चात् प्रहरिले नियन्त्रणमा लिइ महानगरीय प्रहरी बृत महाराजगन्ज पुर्याएको थियो। सामाजिक सन्जालमा उनको तस्बिर सार्बजनिक हुँदा उनि आफै माथी प्रस्न हरु ठडिएका छन। जसले गर्दा उनको न्यायको लागि आवाज उठाउने हरु प्रती ठेस पुगेको छ।