
काठमाण्डाै – सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ
।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ ।
तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****