पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय, यस्तो छ कारण… (सूचनासहित)

विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि ओखलढुंगाको एक बिद्यालय बन्द गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बिद्यालयले प्रशासनले एक सार्वजनिक सुचना जारी गरेर आईतबार भोलिदेखि लागु हुनेगरी आगामी पाँच दिन अर्थात भदौ २ गतेसम्मका लागि बिद्यालय बन्द गरिएको जनाएको छ ।

विद्यालयमा अध्यनरत सबै उमेर समुहका बालबालिकामा कडा खालको ज्वरो तथा रुघा खोकीको लक्ष्य देखिएको विद्यालयका प्रध्यानध्यापक कैलाश पौडेलले बताए ।

भइरल फिबर ठुलो उमेरसमुहका ब्यक्तीहरुम समेत देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । बढी जसो बालबालिकामा क्षणमा ज्वरो आउने , टाउको दुख्ने, बान्ता गर्ने लगायतका लक्षण देखिने गर्दछ ।

जसका लागी स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढ्न थालेको पन्तको भनाई छ । जिल्लामा पछिल्लो पटक भाइरल फिबरका बिरामी बढेकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

सुचना अधिकारी पन्तले आम नागरिकलाई खानपानमा बिषेश ध्यान दिन आग्रह गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****