
बिहानीपखको मिरमिरे उज्यालो, म मस्त निन्द्रामा थिएँ। फोनको घन्टी बज्न थाल्यो, त्यो फोनको घन्टीभन्दा प्यारो मेरो लागि त्यो बिहानीपखको निद्रा थियो। फोन साइलेन्ट गरेर सुतिरहेँ। दोहोर्याएर बजेको फोनको घन्टीले निद्रालाई छोडेर उठ्न बाध्य बनायो। फोन गर्ने अरू कोही नभएर सागर रहेछ। अघिल्लो दिन नै म र सागर नगरकोट घुम्न जाने प्लान भएको थियो। छिट्टै निस्क भन्न फोन गरेको रहेछ। सागर र म दुई वर्षदेखि प्रेममा थियौं। म घरमा साथीहरूसँग घुम्न जाने बहाना बनाएर निस्किएँ। घर छेउ मै सागर लिन आएका रहेछन्। हामी त्यहाँबाट नगरकोटतिर लाग्यौं। नगरकोट म पहिलोचोटि गएको थिएँ, सागर त्योभन्दा पहिले धेरैचोटि गैसकेको रहेछ। नगरकोटको शिरशिरे हावा, त्यो मन नै लोभ्याउने भ्यू, भ्यू टावरबाट देखिने ती हिमश्रृङ्खला निकै आकर्षक देखिन्थे।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻