
चर्चित गायिका ज्योति मगरलाई नचिन्ने सायद थोरै नै होलान ।
यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो । गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् ।
उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई
बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् । उनले सुरुमाती चरणमा माया मारेर बोलको लोकदोहोरी गीतमा अभिनय गरेपछि ज्योति बहुप्रतिभाकी धनी भनेर आम दर्शकहरुको मन जितेकी थिईन ।
लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् ।
त्यसैले त डान्सिङ विथ दि स्टार्स नेपाल उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् ।
शोबाट बाहिरिएपछि नयाँ गीतसंगीतको तयारीमा रहेकी गायिका मगरलाई फ्यानले विवाह कहिले हेर्न पाउने छ
भन्ने प्रश्नमा उनले जवाफ दिएकी छिन अब त मलाई पनि विवाहको रहर जागिसक्यो । मंसिरको महिना फेसबुक लगायत जताततै विवाह देख्दा मलाई धेरै रहर लागेको छ ।
मन मिल्दो राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ भनेर रमाईलो जवाफ दिएकी छिन ।