भोलि देखी कर घटाएर प्रतिलिटर १४१ मा पेट्रोल दिने सरकारको घोषणा

भारतीय आयल कर्पोरेसन (आईओसी) ले एक महिनाकै अवधिमा प्रतिलिटर ३० रुपैयाँभन्दा बढी मूल्य घटाएर पठाए पनि यहाँ मूल्य यथावत् राखिएको छ । अर्थ मन्त्रालयले कर समायोजन नगरिदिँदा नोक्सानी कायमै रहेको जनाउँदै नेपाल आयल निगमले मूल्य घटाएको छैन ।

कर समायोजन भइदिए आईओसीले अगस्ट १ मा पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँमा आउँछ । तर अर्थ मन्त्रालय राजस्वमा मात्रै केन्द्रित हुँदा आम सर्वसाधारणलाई मार परेको छ ।

‘अर्थको ध्यान राजस्व संकलनमा मात्रै छ । अर्थ सरकारकै एउटा अंग भएपछि मन्त्रिपरिषद्को निर्णय मान्न बाध्य हुन्छ । कार्यान्वयन गर्न नसके निर्णय गर्नुअघि नै भन्नुपर्थ्यो राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने तर, अर्थ मन्त्रालय सरकारभन्दा माथिको एउटा अखडा जस्तै देखियो । अर्थको बदमासीले जनताले दुख पाए ।

अर्थ मन्त्रालयसँगै आपूर्ति मन्त्रालय र निगम पनि मूल्य नघट्नुमा जिम्मेवार छन् ।

आपूर्ति मन्त्रालयले निगमको बचाउ गर्न र जनदबाबका कारण उपभोक्ताको कुरा सुनेजस्तै मात्रै गर्दा थप समस्या उत्पन्न भएको महर्जनको दाबी छ ।

पूर्ण रूपमा स्वचालित मूल्य लागू गर्ने भनिए पनि निगम जान चाहेन । भन्दा पूर्ण स्वचालित मूल्य भन्ने तर घट्दा घाटाको बहाना बनाउने,’ महर्जनले भने, ‘यो गलत हो । बदमासी हो ।’

पेट्रोलियम पदार्थकै कारण बजारभाउ बढेपछि असार दोस्रो साता प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी शीर्ष दलका नेतासहित बैठक बसेको थियो।