रातो गुलाबी ओठ चाहानुहुन्छ ? यी ६ गल्ती नगर्नुहोस नत्र विस्तारै बन्दै जान्छ ओठ कालो !

काठमाडौँ । महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ ।जान्नुहोस्, ती ६ गल्ती,बढी कफी पिउनुस् दिनभरमा १र२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर, त्योभन्दा बढी मात्रामा कफी पिउनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारैविस्तारै कालो बनाउँदै लग्छ।

कम पानी पिउनु : कम पानी पिउनाले डिहाइड्रेसन हुन्छ । यही कारण ओठ सुक्न थाल्छ र कालोपन आउन थाल्छ।

दाँतले टोक्नु : केही व्यक्तिको दाँतले ओठ टोक्ने वा रगड्ने बानी हुन्छ। यसो गर्नाले ओठमा सुख्खापन आउन थाल्छ र ओठमा कालोपन आउन थाल्छ।

धुम्रपान: चुरोटमा रहेको निकोटिनले ओठको छालालाई डढाईदिन्छ। यसले ओठ कालो हुन थाल्छ।

एन्टिबायोटिक औषधि : लामो समयसम्म एन्टिबायोटिक औषधि खाइरहेमा शरीरमा यसको नराम्रो असर पर्न थाल्छ र ओठ कालो हुँदै जान्छ।

रासायनिक पदार्थ : रासायनिक लिपिस्टिक वा लिप बाल्म लगाउनाले ओठमा नराम्रो असर पर्छ र ओठमा कालोपना आउन थाल्छ।

समाधानका लागि यी हुन् घरेलु उपाय र गुलाबी बनाउन अपनाउनुहोस् यी उपाय
१. कोको बटर दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस् । उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस् । यसमा कोको बटर हाल्नुहोस् । यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउनुहोस् । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ ।

२.दूधको तर ओठको सुख्खापन हटाउँन थोरै तर ९मलाई० मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ ।

३.गुलाबको पत्ता ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् ।

४.कागती कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस् ।

५. केसर काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ । ६। मह महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस् । दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।

७.अण्डा अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ ।

८. जैतूनको तेल यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।

९. चुकन्दर चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ ।