एलिजाको भाइरल नाच : मान्छेहरुले सोधे–धमलाजी बताउनुहोस् यो कुन डान्स हो ?

काठमाडौं । चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।

अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ ।

गौतमले तीज विशेष भन्दै अलिक फरक खालको डान्स गरेपछि मान्छेहरू भड्केका हुन् ।

मोहन केसीले लेख्नु भएको छ, ‘कहाँ गयौ ए रिखि (ऋषि) धौला (धमला) दाइ 😁😁😂 बियर हानी सकिछन यता भाउजुले !’ शोभा सुवेदी भन्नुहुन्छ, ‘

आमा समुहबाट ऋण निकालेर मोबाइल किनेको यहि देख्न रैछ ।’ अर्को एकजनाले धमला जी बताउनु होस यो कुन डान्स हो जनता जान्न चाहान्छन भनेर प्रश्न गर्नुभएको छ ।

गौतमले चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गर्नुभएको हो । एलिजा आफैले निर्माण गरेको सो फिल्म चल्न सकेन् ।

फिल्ममा जम्न नसके पनि म्युजिक भिडियामा भने गौतम निकै व्यस्त रहने गर्नुभएको छ । गौतमका बेला बेलामा तस्विर पनि भाइरल हुने गरेका छन् ।