
कक्षा १२ को परीक्षाको नतिजा यो महिनाको अन्तिमसम्ममा आउँछ ।
२ भन्दा बढी विषयमा एनजि आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ ।
१ वा २ विषयमा एनजि आएमा मौका परीक्षा दिन मिल्छ । परीक्षाफल आएको डेढ महिनापछि त्यस्तो मौका परीक्षा दिन पाइन्छ
मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजि कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटामात्र विषयमा जाँच दिन पाइन्छ ।
त्योबेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको जाँच दिनुपर्छ ।
कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क इन्ट्रिको काम सुरु भएको छ ।
यो काम २ हप्तामा सकिन्छ । भदौ अन्तिम हप्तामा नतिजा प्रकाशित हुन्छ ।