जापानका लागि कुन-कुन क्षेत्रमा कहिलेदेखि नेपाली कामदार जान पाउँछन् ? हेर्नुहोस सम्पूर्ण जानकारी

अबको “केही समयभित्रै” दक्ष तथा मापदण्ड पूरा भएका नेपाली कामदारहरू जापान जान पाउने अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो।यद्यपि उनीहरूलाई जापान पठाउने प्रक्रियाबारे अझै “केही अन्योल कायम रहेको तर त्यस्ता अन्योल हटाउने पहल सुरु गरिसकिएको” अधिकारीहरूको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप-सचिव तथा तथा सहप्रवक्ता थानेश्वर भुसाल भन्छन्, “हामीले जुन किसिमको समझदारी गरेका छौँ त्यसमा केही प्रष्ट पार्नुपर्ने कुराहरू देखिएका छन्। हामीले त्यस्ता अन्योल हटाउनेबारे आवश्यक पहल सुरु गरिसकेका छौँ।

तर भाषा र दक्षता परीक्षा पास गरेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई त्यस्ता अन्योलकै आधारमा नपठाउने भन्ने हुँदैन। त्यसैले हामीले सकेसम्म चाँडै पठाउनका लागि सबैखाले विकल्प अघि बढाएका छौँ।

“हामीले अघि बढाएका कुराहरूमा जापानी पक्ष पनि सकारात्मक भएकाले सकेसम्म चाँडै यो विषय टुङ्गिन्छ,” भुसालले भने।भाषा र दक्षता परीक्षा पास गरेका नेपालीहरनेपालमा कोरियाकै जस्तो प्रणालीबाट अहिले जापानले भाषा तथा सीप परीक्षा लिइरहेको छ।उसले त्यसका लागि जापान फाउन्डेसनलाई जिम्मा दिएको छ।

यद्यपि भाषा र सीप परीक्षा पास गरेका कामदारलाई व्यक्तिगत रूपमा, वैदेशिक रोजगार व्यवसायीसँगको साझेदारीमा वा सरकार-सरकारबीचको सम्झौताका आधारमा पठाउने भन्नेबारे अन्योल देखिएको छ।

तर भाषा र सीप परीक्षा पास गरेका करिब ८०० जति कामदार व्यक्तिगत पहलमै जापान गइसकेका छन्।हालसम्म नेपालमा साढे पाँच हजार जतिले त्यस्ता परीक्षा पास गरिसकेको विवरण श्रम मन्त्रालयले दिएको छ।

भुसालका अनुसार करिब दुई हजार नेपालीहरूले नर्सिङ तथा स्याहार क्षेत्रका लागि सीप परीक्षा पास गरिसकेका छन्।त्यस्तै कृषि क्षेत्रमा सात सय जतिले योग्यता परीक्षा पास गरेका छन्। उत्पादन र खाद्य सेवा उद्योगका लागि पनि केही नेपालीहरू छानिएका छन्।

तर उनीहरूलाई पठाउने ‘मोडालिटी’ स्पष्ट नहुँदा ढिलाइ भएको अधिकारीहरूको भनाइ छ।नेपाल र जापानबीच समझदारीनेपाल र जापानबीच सन् २०१९ मा एउटा श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो।