कर्मचारीको मोबाइल र इन्धन बापतको खर्च कटौती गर्ने घोषणा ! ( सहि / गलत )

तिलोत्तमा । रुपन्देहीको बुटवल उपमहानगर पालिकाले कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बुटवल उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको उपमहानगर प्रमुख

खेलराज पाण्डेयले जानकारी दिए । बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषिउपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरिएको

उपमहानगर प्रमुख पाण्डेयले बताए । बैठकले वार्षिक कार्यसञ्चालन तालिका पनि स्वीकृत गरेको छ । जसअनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने

योजनाहरु सम्झौता गर्ने तालिका स्वीकृत भएको बुटवल उपमहानगर पालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत

स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्ने उनले बताए । क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरु सुपरीवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी

तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिए । नगर क्षेत्रभित्रका अव्यवस्थित बसोवासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्सांकन प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । यस्तै, बैठकले लुम्बिनी बस

टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संशोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसाग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****