नेपाली एक हजार र पाँच सयका नोट नचल्ने ?

विदेशी मुद्रा सञ्चिति घटेको खबर आउन थालेपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गर्न थालेको छ ।

नेपालको पछिल्लो मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सकिने उल्लेख गरेको छ । अहिले नेपाल सरकारले विदेशी मुद्रा देश बाहिर जान नदिने नीति अवलम्बन गरिरहेको छ ।र, मौद्रिक सञ्चिति कायम राख्न आयात र विदेशी मुद्रा आर्जनमा कडाई गर्नुपर्ने सुझाव केही विज्ञले दिएका छन् ।

अर्कोतर्फ नेपालले अन्य मुलुकबाट सामान किन्न डलरमा तिर्नु पर्ने भएकाले आयात खर्च बढेकाले अहिलेको समस्या आएको नेपाल राष्ट्र बैंकले जानकारी दियो ।नेपाल राष्ट्र बैंकका अनुसार देशको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स हो ।

केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले बीबीसी नेपाली सेवालाई कोभिड महामारीका बावजुद गत वर्ष रेमिट्यान्स आप्रवाह राम्रो भए बताए ।

नेपालको लागि विदेशी मुद्राको अर्को प्रमुख स्रोतभनेको पर्यटन हो ।नेपाल आउने विदेशीहरूले डलर वा अन्य विदेशी मुद्रा खर्च गर्छन्।

तर को-भि’ड महामारीका कारण पर्यटन क्षेत्र प्रभावित भएसँगै विदेशी मुद्रा सञ्चितिमा पनि असर पर्यो ।नेपालले अन्य देशबाट सामान किन्दा डलरमा तिर्नुपर्छ । यसकारण वर्तमान सरकारले विलासिताका सामानको आयातमा कडाइ गर्ने नीति अपनाएको देखिन्छ ।

मौद्रिक सञ्चिति कायम राख्न नोटबन्दी सम्मको निर्णय जरुरी रहेको विज्ञहरुको भनाई छ । विलासिता रोक्न हजार र पाँच सयका नोटहरुमा बन्देज लगाउन सकिने सुझाव आएको छ ।सुझाव अनुसार विलासिता रोक्न सरकारले अर्को नयाँ नियम ल्याउन सक्नेछ ।