असल ईमान्दार जीवन साथीको खोजीमा छु कोहि छ?

जीवन साथी नामबाटै नै परिभाषित छ । जीवन भरको सारथि जुन सारथि सङ्ग आधा भन्दा बढी जीवन बिताउनु पर्ने हुनुपर्छ । जीवन मेरो बिचारमा संघर्षको मैदान हो जुन मैदान मा अनेकौं अप्ठ्यारो परिस्थितिहरुको ठेलाबाजी हुन्छ !

र साथै त्यही जीवनको मैदानमा हासो खुशी र उमंगको खैला बैलाहरु पनि हुन्छ्न यहि ठेलाबाजी र यस्तै खैलाबैलाहरुको रङमन्चलाई नै जीवन भनिन्छ । र, रंङमन्चमा सधै हरेक परिस्थिति हरेक मोडमा दुःखमासंगै आँसु झार्न सुखमा सधै संगै रमाउन् र

जीवन भरी नै एकै रथ का दुई पांग्रा भएर हौसला प्रेरणा मनोबल एउटा असल सहयात्रीको रुपमा साथ निभाउने मान्छेलाई नै जीवनसाथी भनिन्छ । साँच्चै मानिसको जीवनमा जीवन साथीको महत्व अति रहन्छ ।

लाग्छ कि म यो काम गर्न सक्दिन म संङ्ग यो कार्य गर्ने क्षमता छैन म कमजोर छु यस्तै लाग्छ जब तपाई एक्लो हुनु हुन्छ तर त्यही एक्लो जीवनमा यदि कसैको आगमन भयो भनी वा तपाईंको जीवन साथीको साथ भयो भनी त्यो काम मात्र होइन संसार जित्ने आँट आउँछ ।

र, हरेक ष्mउयककष्दभि लाग्ने काम उयककष्दभि हुन्छ मात्र केबल जिन्दगीमा आफ्नो जीवन साथीको साथ र सहयात्रा सहि र प्रेरणादायी हुन जरुरी छ। पति पत्नीको सघन आत्मीयताको विकास नै दाम्पत्य जीवनको सार्थकता हो ।

दुबैको स्वास एक दुबैको सोच एकै दुबैको परिवार एक सोच यस्तै हुन्छ र फेरि पनि यो पवित्र सम्बन्धमा किन यति धेरै आँच अप्ठ्यारो परिस्थितिहरु आएरहेको छ किन एकले अर्को सानो–सानो गल्ती स्वीकारर्न नसकेर सम्बन्धहरु टुङिरहेका छन् ।

पछिल्लो समयमा सामान्य भन्दा सामान्य कुराले सम्बन्धको अन्त्य गरिरहेको देखेका छौ के कारणले गर्दा आजभोलिको सम्बन्ध कमजोरहरु बनिरहेका छ्न रु सम्बन्ध मजबुत बनाउन के गर्न सकिन्छ रु