२ दिनको लागि एक महिलालाई प्रेमी चाहियो, त्यसको लागि १ लाख भन्दा बढी रकम पनि पाइने !

संसारमा धेरै चीजहरू भाँडामा उपलब्ध छन्, तर न्यू योर्ककी एउटी महिलाले आफ्नो सासुका लागि यस्तो विज्ञापन दिएकी छन, जुन सोशल मिडियामा भाइरल भइरहेको छ। विज्ञापनमा, महिलाले आफ्नो सासु सासका लागि ‘प्रेमी चाहिएको छ’ भनेर माग गरेको छ। दुई दिनसम्म उनकी सासुसँगै बस्ने यस व्यक्तिलाई १ हजार अमेरिकी डलर दिइनेछ।

न्यू योर्कको हडसन उपत्यकाकी ति महिलाले सोसल मिडियामा पोस्ट गरेको एउटा विज्ञापनमा भनिएको छ कि उनलाई विवाहको लागि र भोजमा उपस्थित हुन उनको ५१ वर्षीया सासुको लागि साथी खोजेकी हुन्। दुई दिनसम्म उनी आफ्नीसासुसँग बसिदिनु पर्यो, जसका लागि उनले एक हजार अमेरिकी डलर अर्थात् नेपाली १ लाख भन्दा बढी रूपैयाँ दिने बाचा गरेकी छन्।

वास्तवमा ति महिलाले कुनै विवाह समारोहमा जादै छिन, जसको लागि उनी आफ्नी सासुलाई पनि साथमा लिएर जान चाहन्छिन्। उनी सासूलाई यो विवाह भोजमा आफु जस्तै उनको सासुको सुन्दर जोडी देखियोस भन्ने चाहान्छिन्।

विज्ञापनमा यस्तो लेखिएको छ कि “म विवाहको लागि शुक्रवार साँझदेखि शनिबार साँझसम्म मेरी सासूको लागि एक प्रेमी खोज्दैछु। उनीसँगै बस्नुपर्नेछ र आफ्नो सासूको हेरचाह गर्नुपर्नेछ। दुई दिनको लागि मात्रै। ”

विज्ञापनमा लेखिएको छ “सासूले सेतो लुगा लगाउँछिन्। र उनको जोडीले पनि उनि संग सुहाउँदो कपडा लगाउनु पर्ने हुन्छ। दुई दिनमा गरे बापत १ हजार डलर कमाउन सकिन्छ।

बिज्ञापनमा यो पनि लेखिएको छ कि यस कामका लागि उनलाई त्यस्ता व्यक्ति आवश्यक छ, जसको उमेर ४० देखि टण् वर्ष बीचको होस । मेरी सासु एक राम्रो डान्सर हुन् र बोल्न पनि राम्रो छिन्।