मैले सामान्य विवाह गरेर एउटा सानो सन्देश दिन खोजेकी हुँ: रेखा थापा

पछिल्लो समय राजनीतिमा सक्रियता बढाएकी अभिनेत्री रेखा थापाले आफूले गोप्य विवाह गर्नुको कारण बारे बोलेकी छिन् । धेरै समय पश्चात फिल्मी कार्यक्रममा देखिएकी रेखाले कानुनी रुपमा साधारण शैलीमा बिहे गर्नुको कारण खुलाएकी छिन् ।

आफू समाज परिवर्तनको क्रान्तिमा हिँडेको कारण पनि तडकभडक शैलीमा विवाह नगरेको बताएकी हुन् । हामी कलाकारले चल्ने कदमको असर समाजमा पर्छ नै । त्यसकारण हाम्रो भनाइ र काम गराइको असर समाजमा नपर्ने किसिमको हुनु पर्छ ।

मैले आयातित संस्कारलाई छाडेर दुई परिवारको उपस्थितिमा सामान्य शैलीमा विवाह गरेकी हुँ’ रेखाले भनिन् । राजनीतिमा सक्रियता बढेसँगै विभिन्न ठाउँमा पुगेकी रेखाले तडकभडक शैलीले समस्या निम्त्याएको समेत बुझेको बताइन् ।

छोरीले रहर गरि अब अलिकति खेत बारी बेचेर भएपनि बिहे गर्दिन पर्‍यो भन्ने सम्म सुनेकी छु । मैले सामान्य विवाह गरेर एउटा सानो संदेश मात्र दिन खोजेकी हुँ । तर, सक्नेले वा गर्नेले गर्दा हुन्छ ।

यद्यपि त्यसको असर समाजमा कस्तो परिरहेको छ रु त्यो भने बिचार गर्नु जरुरि छ’ उनले भनिन् । उनले आफ्नो सिको गरेर सामान्य बाटो रोज्ने प्रेरणा मिलोस् भन्ने सोचेको बताइन् ।

रेखाले छोरी भएको घरको आमाको पीडा मैले बुझेको समेत बताइन् । रेखाले बिहे भनेको २ परिवारबीचको सम्बन्ध जोडिने भएकाले आफूले पनि त्यसै गरेको खुलाइन् ।