
अबको “केही समयभित्रै” दक्ष तथा मापदण्ड पूरा भएका नेपाली कामदारहरू जापान जान पाउने अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो।यद्यपि उनीहरूलाई जापान पठाउने प्रक्रियाबारे अझै “केही अन्योल कायम रहेको तर त्यस्ता अन्योल हटाउने पहल सुरु गरिसकिएको” अधिकारीहरूको भनाइ छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप-सचिव तथा तथा सहप्रवक्ता थानेश्वर भुसाल भन्छन्, “हामीले जुन किसिमको समझदारी गरेका छौँ त्यसमा केही प्रष्ट पार्नुपर्ने कुराहरू देखिएका छन्। हामीले त्यस्ता अन्योल हटाउनेबारे आवश्यक पहल सुरु गरिसकेका छौँ।