
मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ।
मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए। म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ।
त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ। तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो।वास्तवमै एउटा भय’ङ्कर निराशाजनक। कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रोसँग अंगालो मारून् भन्ने चाहन्थेँ निस्सासिने गरी चु’म्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ।