
सरकारले नयाँ नियम लागू गरेको छ । सरकारले अब ४० वर्ष उमेर का टेका एकल पुरुषले पनि भत्ता पाउँने व्यवस्था गरेको हो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर का टेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ताले एकल महिला र ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकलाई सम्बोधन गरे पनि कतिपय एकल पुरुष तथा विदुर पुरुषहरूको जीवनसमेत क ष्टकर देखिएको हुँदा सबैलाई सामाजिक सुरक्षाको मापदण्डमा छिराउने काम गरिएको अध्यक्ष पौडेलले बताउनुभो ।
उहाँले भन्नुभयो, “कसैले पनि सामाजिक सुरक्षाको अनुभूति गर्नबाट वञ्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ ।
तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।” महाशिला गाउँपालिकामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको सङ्ख्या ४० को हाराहारीमा छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
त्यसै गरी गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।पूर्ण अपा ङ्गता ‘क’ र आंशिक अपाङ्गता ‘ख’ वर्गले सङ्घीय सरकारबाटै भत्ता पाउँदै आएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई मासिक छ सय रुपियाँका दरले भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****