
एक सातामै २५ लाख बिक्री भइसकेको साम’सुङको नोट ७ को बिक्री एक्कासि स्थगन गरियो । कारण थियो मोबाइलको ब्याट्री र इलेक्ट्रोनिक सर्किटमा गम्भिर त्रु’टी ।
विश्वभर तीन दर्जन सेट पड्कि’एको खबर आएपछि ‘आफ्ना ग्राहकको सुरक्षा सबैभन्दा ठूलो’ भन्दै बिक्री भएका सेट फिर्ता लिने निर्णय गर्यो सामसुङले । त्यसो त मोबाइल फोन पड्कि’ने घट’ना यो नौलो भने होइन । ब्याट्री र सेट नै पढ्केका समाचार बेला बखत आइरहन्छन् ।
मोबाइलको ब्याट्री प’ड्किनुमा सबैभन्दा पहिलो कारण हो सेट अत्यधिक तात्नु । यसरी तातिने समस्या सेटको भित्री वा बाहिरी कारण दुवैको हुन सक्छ । युनिभर्सिटी कलेज लन्डनका रसाय’न इन्जिनियर डोनाल फि’नगेन भन्छन् -‘नोट ७ को समस्या बाहिरी नभइ आन्तरिक कारणसँग सम्बन्धित छ ।’
अहिले देखिएको सम’स्या मोबाइलमा रहने ब्याट्री व्यवस्थापन प्रणाली प्रमुख दोषी देखिएको छ । ब्याट्री व्यवस्थापन प्रणालीले ब्याट्रीमा संचित वा ब्याट्री चार्ज गर्दा प्राप्त हुने इलेक्ट्रोनिक करेन्टको मापन गर्दै मोबाइलमा रहेको चिपलाई ब्याट्रीको अवस्था’बारे जानकारी गराउने गर्दछ ।
यसले ब्याट्री पुरा चार्ज भएमा चिप’लाई चार्जरबाट आउने करेन्ट बन्द गर्न निर्देशन दिन्छ तर यो प्रणालीमा खराबी आए’पछि मोबाइल पुरा चार्ज भएपनि चिपलाई प्रणालीले चार्ज बन्द गर्न निर्देशित गर्दैन जसको कारणले ब्याट्री फुल चार्ज भएपनि थप इले’क्ट्रिक क’रेन्ट प्राप्त गरिरहन्छ ।चार्ज कन्ट्रोल न’भई ब्याट्रीलाई ओभरचार्ज भएमा लिथियम आयोन ब्याट्रीमा थप ताप उत्पन्न गराउँछ र अन्त्यमा वि’स्फोट हुन जान्छ’ फिनगेन भन्छन् ।
कम्प्युटर, ल्यापटप वा सवारी साधनमा तापक्रम बढ्दा चिस्याउ’ने पङ्खा वा कुलीन झोलको प्रयोग हुन्छ । तर यस्तो व्यवस्था मोबाइल फोनमा हुँदैन । सेट भित्र उत्पन्न ताप बाहिर प्रवाह हुन सक्दैन जसले ब्याट्रीको तापक्रम झन् बढ्छ र ब्याट्री भित्रको रासाय’निक सन्तुलन गुम्न गई पड्कि’न्छ ।
डोनालले ब्या’ट्रीको तापक्रम बढ्नुलाई स्नोबल इफेक्टसंग तुलना गरेका छन् । मोबाइल’भित्रको तापक्र’म बढ्ने र बाहिर प्रवाह हुन नसक्ने भएमा उत्पादन भएको ताप पनि पुन ब्याट्रीमै बहन्छ जसले ताप उत्पन्न गराउने रासा’यनिक प्रतिक्रिया झन् बढ्न जान्छ जसलाई थर्मल रनअवे भनिन्छ । जव मोबाइलको तापक्रम १०० डिग्री नाघ्छ त्यसपछि ब्याट्रीमा एनोड़ र क्याथोड बीचको लेयर टुट्छ र ब्याट्री पड्कि’न जान्छ ।