
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडको रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काएको छ ।काठमाडौ मल पछि भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका रञ्जना गल्लीभित्र बनेको भवनहरु भत्काउन लागिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
खिचापोखरीको आरबी कम्प्लेक्समा यसअघि नै यस्ता संरचना भत्काइसकेको छ । मेय बालेन साह नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् ।कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् ।
कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ ।मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****