
काठमाडौँ । मानिसको चरित्र उनीहरुको राशि अनुसार पनि थाहा पाउन सकिन्छ। किनकी व्यक्तिको चरित्र उसको राशिमा निर्भर हुने गर्छ। आज हामी तपाईलाई यसै सन्दर्भमा केही राशिका बारेमा जानकारी दिदैछौँ ।
जुन राशिका व्यक्तिलाई महाशक्ति पनि भनिने गरिन्छ। यी राशिका मानिस आफ्नै श्रमका भरमा निकै कम उमेरमा गाडी, घर, धनसम्पत्ति खडा गर्ने गर्छन्। धेरै मेहनत गर्ने भएका कारण कम उमेरमै धनवान बन्ने गर्छन्।
आउनुहोस् जानौँ कुन-कुन हुन् ती राशि ?
वृष राशि
यस राशिका मानिस आफ्नो काममा विश्वास राख्ने गर्छन्। यस राशिका मानिसलाई सधैँ भाग्यले साथ दिने गर्छ। यिनीहरु देख्नमा पनि निकै सुन्दर हुने गर्छन्।
यस राशिका व्यक्तिसँग जसको विवाह हुन्छ, उसको जीवन सुखमय वित्ने गर्छ। माता लक्ष्मीको कृपा यी राशिमाथि सधैँ रहिरन्छ।
कर्कट राशि
कर्कट राशिका मानिस प्रेम र भविष्यका मामिलामा निकै भाग्यमानी हुने गर्छन्। यिनीहरु प्रेम र भविष्यलाई एकसाथ लिएर अगाडि बढ्छन्।
यस राशिका मानिससँग गाडि, घर, नोकर सबथोक हुने गर्छ। यिनीहरु कठोर परीश्रम गर्ने र जसको बलमा पैसा कमाउने खालका हुन्छन्।
सिंह राशि
सिंह राशिका मानिस उच्च पदस्थ व्यक्तित्वमा पर्ने गर्छन्। यिनीहरु कर्ममा विश्वास राख्छन् र कडा मेहनत गर्ने गर्छन्। यस राशिका मानिसलाई सधै भाग्यले साथ दिने गर्छ।
वृश्चिक राशि
यस राशिका मानिस निकै भाग्यमानी मानिन्छन्। प्रेमको मामिलामा यस राशिका मानिस निकै भावुक हुन्छन्। यस राशिका व्यक्तिले कहिलै केही चीजको कमी हुँदैन्।
धन–सम्पत्ति, नाम, प्रतिष्ठा यी राशिका व्यक्तिलाई कम उमेरमै मिल्ने गर्छ। वृश्चिक राशिका मानिसले व्यवहारबाट धेरै मानिसलाई आफ्नो बसमा पार्ने गर्छन।