म उसैको खाजाघरमा पसे, लगभग १५ मिनेट लाग्यो ! पुरा पढ्नुहोस

ऊ त्यहीँ उभिएको थियो। हातमा सधैं झैं मोबाइल। अर्को हातमा कहिले कफी त कहिले केहि न केहि खानेकुरा समातेकै हुन्थ्यो उसले। फेरि मुख पनि कहिले खाली नहुने। चुइगम चपाएको चपाएकै गर्ने। भोलिपल्ट सधैंको समयमा गाडी गन्तव्य तर्फ मोडियो।

 

 

 

 

 

केहि पर पुगेपछि सधैं उभिएको देखिने ऊ आज भने थिएन। एक जना सहकर्मीलाई कुर्नुपर्ने भएर सधैं ऊ उभिने ठाउँमा गाडी रोकियो। उस लाई सोहि स्थानमा उभिएर मोबाइल चलाएको कफी पिएको देख्ने गरेको पनि लगभग दुई महिना भैसकेको थियो।

 

 

तर सधैं उभिने ठाउँमा ऊ उभिएको छैन। केहि बेरसम्म गाडी त्यही मान्छे कुराइमा बस्यो। ऊ अडेस लगाएर उभिने विद्युतको खम्बा पनि एक्लै जस्तो लाग्यो आज।