
काठमाडौं । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य थोरै बढेको छ । अघिल्लो साताको सोमबारबाट लगातार घटेको सुनको भाउ आज बुधबार भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले बढेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन आज प्रतितोलामा ९४ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
कोभिड संक्रमणसँगै अत्यधिक बढेको सुनको भाउ अघिल्लो साताको सोमबारदेखि लगातार घटिरहेको छ ।