
ऊ त्यहीँ उभिएको थियो। हातमा सधैं झैं मोबाइल। अर्को हातमा कहिले कफी त कहिले केहि न केहि खानेकुरा समातेकै हुन्थ्यो उसले। फेरि मुख पनि कहिले खाली नहुने। चुइगम चपाएको चपाएकै गर्ने। भोलिपल्ट सधैंको समयमा गाडी गन्तव्य तर्फ मोडियो।
केहि पर पुगेपछि सधैं उभिएको देखिने ऊ आज भने थिएन। एक जना सहकर्मीलाई कुर्नुपर्ने भएर सधैं ऊ उभिने ठाउँमा गाडी रोकियो। उस लाई सोहि स्थानमा उभिएर मोबाइल चलाएको कफी पिएको देख्ने गरेको पनि लगभग दुई महिना भैसकेको थियो।