हर्क साम्पाङको ‘गैरकानूनी’ अभिव्यक्ति : श्रमदान नगर्ने विद्यार्थीलाई फेल गराउने, बालश्रमबारे के छ कानूनी व्यवस्था? हेर्नुहोस ।

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा एकपछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन् । काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध खनिँदै आएका साम्पाङले आज फरक विषयमा विवादित टिप्पणी गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

फेसबुकमा स्टाटस लेख्दै उनले धरानमा श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ ।’

उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको पनि बताएका छन् । विद्यार्थीको सहभागीता प्रतिकात्मक हुने उनको भनाइ छ । आफ्नो स्टाटसको आलोचना भएपछि साम्पाङले फेरि अर्को पुरक स्टाटस लेखेका छन् । त्यसमा उनले कक्षा ९, १०, ११ र १२ मा पढ्ने विद्यार्थीले वर्षमा ७ दिन सकेको श्रम गर्नुपर्ने उनले बताए । त्यो श्रम सरसफाइ, वृक्षारोपणलगायत जे पनि हुन सक्ने उनको भनाइ छ ।

नेपालको कानूनले बाल श्रमलाई निषेध गरेकाे छ । १४ वर्षसम्मको बालबालिकालाई कुनै पनि किसिमको काममा लगाउने नपाइने तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा उल्लेख छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्मा श्रम नगर्ने विद्यार्थीलाई कक्षामा उत्तिर्ण नगराउने भनि साम्पाङले दिएको अभिव्यक्ति गैरजिम्मेवार र गैरकानूनी भएको बताए ।

‘कानूनले बालश्रमलाई निषेध गरेको छ । प्रतिकात्मक नै किन नहोस्, कुनै पनि खालको श्रममा संलग्न नभएकै कारण विद्यार्थीलाई फेल गराउँछु भन्ने कानूनविपरितको कुरा हो,’ उनले भने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****