
मानिसहरुका अनेक सोच तथा चाहना हुन्छन् ।
सुन्दा पत्याउन मुस्किल पर्छ । बेलाबखत यस्तै अनौठा घ’टनाहरु सार्वजनिक भइरहेका हुन्छन् । एउटा विचित्रको घ’टना सार्वजनिक भएको छ जहाँ एक धनाढ्यले आफ्नी कुमारी छोरीसँग वि’हे गर्नेलाई साँढे ३ करोडको इनाम दिने घोषणा गरेका छन् ।
छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका हुन् । कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् । तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् ।
पहिलो सर्त, केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो, केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो – केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने । अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् ।
थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् । उनकी छोरी कर्निता २६ वर्ष नाघेको उनले बताएका छन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको उनको दाबी छ ।