
नवलपरासी बर्द’घाटका सुरेश गुरुङ अहिले यूके’स्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै काम’दारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसो’बासबाट एक किलो’मिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेखि १२ घण्टा’सम्म खट्छन्।कम्पनी’ले आवश्य कता अनुरूप स्ट्रबेरी टिप्ने बाहेक गोडमेल समेत गराउने उनी बताउँछन्।
गुरुङ र अन्य कामदारले प्रतिघण्टा छ क्रेट स्ट्रबेरी टिप्नु’पर्छ र त्यस’बापत घण्टाको १०.१० पाउन्ड रकम उनी’हरूको ब्याङ्क खातामा जम्मा हुन्छ।”लक्ष्य पूरा गर्नु पर्छ। त्यसैले छिटो गर्न भन्छन्। शनिवार र आइत’वार छुट्टी भनि’एको थियो तर त्यो बेला पनि स्ट्रबेरी पाक्यो वा माग बढी भयो भने काममा लिएर जान्छन्,” गुरुङले भने। उनले त्यहाँ बसेको मासिक ६० पाउन्ड तिर्नु पर्छ र खाना’को खर्च आफ्नै हो।
उनी’हरू बसेको ठाउँमा इन्टरनेट सुविधा छैन। त्यसैले परिवार’सँग सम्पर्कमा रहनका निम्ति मोबाइलमा इन्टरनेट डेटा लिनुमा खर्च भएको छ।
कुल खर्च कटाएर मा’सिक डेढ लाख नेपाली रुपैयाँ जोगाउन सकिने उनको अ’नुमान छ। यूकेले छ महिनाका लागि दिने मौस’मी काम8दार भिसा लिएर त्यहाँ पुग्नका निम्ति आफूले छ लाख नेपाली रुपैयाँ बुझाएको उन8को दाबी छ।
गुरुङले भने, “यो त हाम्रो लागि रोज7गारीको अवसर हो। तर यहाँ आउनकै लागि केही साथीले आठ लाख, कसैले १२/१४ लाखसम्म बुझाउनु परेको थाहा पायौँ।” धादिङका अजित क्षेत्रीलाई ‘ठाउँ- यूके, कमाइ- ६ महिनामा कम्तीमा नौ लाख’ भन्ने सुने’पछि ठाउँ र रकम दुवै आकर्षक लाग्यो।उनले पनि यस मौसमी रोज’गारीका लागि जाने योजना बनाए र साथी’मार्फत गोङ्ग’बुस्थित एक म्यानपावर कम्पनीमा पुगे।
त्यहाँ उनले चिकित्सा परीक्षणका लागि उनले ५,५०० रुपैयाँ बुझाए र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि पासपोर्ट मागेर राखियो।”फेरि मेडिकल गर्नु पर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्तरको गर्नु पर्ने भएकोले अब चाहिँ आठ हजार दिनु पर्छ रे,” उनले भने।
भिसा आएप’छि छ लाख २५ हजार रुपैयाँ तिर्ने सर्तमा उनले आ’फ्नो पासपोर्ट छोडेको तीन साता बित्यो। उनी आफूले केका लागि त्यो रकम बुझा’उन लागेको चाहिँ पत्तो नभएको बताए । व्य’क्तिगत रूपमा भिसा आवेदन दिएर जान मिल्ने भए पनि कम्पनीहरूमार्फत जाने भएकाले आवश्यकभन्दा छ गुणा बढीसम्म रकम तिरेको कामदार’हरूले बताएका छन्।
यूके’को पर्यावरण, खाद्य तथा ग्रामीण मन्त्रालयले नेपाली’हरू कामदारको रूपमा विदेश जाँदै गर्दा उनीहरूसँग कहाँ र कति रकम असुली गरिन्छ भन्नेबारे निरीक्षण गर्ने दायित्व नेपाल सरकारको भएको बीबीसीसँग बताएको छ। यद्यपि ग्याङ मास्टर एन्ड लेबर अब्यूज अथो’रीटी जीएलएएले मौसमी कामदारको रूपमा यूके आउन चाहने नेपाली र उनीहरूसँग अतिरिक्त शुल्क लिइएको आरोपहरूबारे जानकार रहेको जनाएको छ।
“जीए’लएएले यहाँको विदेश मन्त्रालय ‘एफसीडीओ’सँगको समन्वयमा श्रमिक नियमविपरित नेपाली कामदारहरूको भर्तीमा हुने जोखिम न्यूनीकरण गर्न काम गरिरहेको छ,” मन्त्रालयले बताएको छ। त्यस्तै यूकेमा श्रम शोषणको आरोप बाहिरिएको खण्डमा जीएलएएले अनुसन्धान गर्ने र समस्या न्यूनीकरण गर्न अख्तियारप्राप्त निकायहरूसम्म उक्त जानकारी पुर्याउने बताएको छ।