
मैले उसलाई आरआर क्याम्पसको गेटमै उन्नती बुक हाउस अगाडि पहिलोपटक भेटेको थिएँ। एक्कासी ठोक्किँदा ‘साले’ भन्दै उसले मलाई एक थप्पड लगाएकी थिई। एक अन्जान छोरीमान्छेबाट बिना गल्ती थप्पड खाँदा म लाज र रिस दुवैले रातोपिरो भएपनि केही नभएझैँ ‘सरी’ भनेर क्याम्पस गेटभित्र छिरेको थिएँ। आज फर्केर हेर्दा त्यस दिन सरी भनेकोमा नमज्जा लाग्छ। सायद बिना गल्ती मागिएका माफीहरुमा मानिस सधैं पछुतो मान्छ। तर आज पनि त्यो कुरा भन्न सक्दिनँ उसँग। हुन त आजकल ऊ मेरो साथी हो। संसार अनौठो छ, कुनै दिनमा दुश्मनजस्तो भेषमा भेटिएकाहरु अर्को दिन साथीको रुपमा कायापलट हुन्छन्। मेरो हकमा पनि त्यही भयो। थप्पड खाएकै दिन ऊ मेरो साथी बन्न पुगी। पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻