
काठमाडौँ भदौ ८
गठबन्धनले आफ्नो आकार बढाएर जाने गृहकार्य चलाइरहेका बेला एमालेसँग तालमेल गर्ने दल पनि छैनन् । यस्तो अवस्थामा सम्भावित परिणामलाई लिएर एमालेभित्र चर्चा हुन थालेको छ ।
संसदीय निर्वाचन मुखैमा छ, गठबन्धन बढ्दो चुनावी सञ्जालले आच्छुआच्छु बनेको छ । ठिक यसैबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रदेश इञ्चार्जहरुले ठूलै डर देखाउने काम गरेका छन् ।
मंगलबारको पार्टी स्थायी समिति बैठकमास्थानीय तह निर्वाचनको समिक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था र गठबन्धनको चुनौती बारे विफ्रीङ गर्ने कार्यसूची थियो ।