
भदौ १०, काठमाडौं | एजेन्सी |
बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ ।
मोटोपनाकै कारण प्रेम तथा वैवाहिक सम्बन्धहरु समेत टुटेका विभिन्न समाचार बेलाबखतमा पढ्न पाइन्छ । हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।
डेलीस्टारमा प्रकाशित समाचार अनुसार निकै मोटो जिउ भएकै कारण एकजना युवकलाई उनकी प्रेमिकाले छाडेकी थिइन् । मोटे भनेर गर्लफ्रेण्डले छाडेपछि ती युवकलाई पिर त पर्यो नै उनले उक्त शोकलाई शक्तिमा बदल्ने प्रण गरे ।
त्यसपछि उनले आफ्नो जिउको बोसोलाई यसरी घटाए कि झण्डै डेढ क्विन्टल तौल भएका ती युवक अहिले ६९ किलोका भएका छन् । गर्लफ्रेण्डको इखले झण्डै आधा शरीर घटाएका ती युवकको चर्चा सोसल मिडियामा चुलिएको छ ।