यसरी उत्पति भएको थियो ताप्लेजुङमा पाथिभरा देवि ! दर्गशन र्नुहोस्

ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ । चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।

 

 

 

 

यो मन्दि यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेको छैन ।

परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगोठ बनाउने गर्थे एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

देविले दिएको निर्देशन अनुसार बलियो भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताको तस्तै त्यहि ठाउमा देखिएपछि देविको साच्चै उत्पती रहेको किमदन्ती रहदै आएको छ ।