नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि ‘बा’ भएकाहरूलाई स-सम्मान बिदाइ गर्नुपर्ने भन्दै आफू राजनीतिक फोहोर सफा गर्न आएको बताएका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको खुलामञ्चमा शनिबार उपत्यका भेलालाई सम्बाेधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै उनीहरुलाई स–सम्मान बिदा गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

तीनै जनालाई लक्षित गर्दै उनले भने, ‘बा’हरु (बुढा) भएका छन्, ‘बा’हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, ‘बा’हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि ‘बा’ भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

‘एउटा आँटिलो जनताको छोरो डोजर लिएर निस्किएको छ। हिन्दी चलचित्र नायकको प्रसंग उठाउँदै’ उनले भने, ‘अनिल कपूर त देखिएको छ, अमृष पूरी चाई को होला? अहिले त अमृष पूरी पनि देखिन थालेका छन्।’