भगवानको पुजा गर्दा वा मन्दिर छिर्दा भुलेर पनि कहिल्यै नगर्नुस् यस्ता कामहरु !

यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस्। मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ। जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनी कुन नियमको कसरी पालना गर्ने।

 

 

 

 

१. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन। २. स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन।

३. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन। यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ।

४. बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन। ५. सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन।

६. दुवोलाई बिहिवार टिप्नु हुँदैन । ७. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन।

८. प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन। अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहरु । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ।