
महानगरपालिकाको अनधिृकत संरचना भत्काउने अभियानप्रति उपमेयर सुनिता डंगोल असन्तुष्ट छिन् । पार्किङका लागि भनेर नक्सा पास गरिएका तर, व्यापारिक प्रयोजनमा ल्याइएका नक्सा पास नै नगरी मापदण्डविपरीत बनाइएका घरटहरा भत्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उक्त अभियानको नेतृत्व स्वयं बालेन्द्र साह (बालेन) ले गरिरहेका छन् । अधिकांश सार्वजनिक कार्यक्रम र महानगरको अरु गतिविधिमा मेयरकै अगाडि उभिएको देखिने सुनतिा अवैध संरचना भत्काउने अभियानमा भने कतै पनि बालेनसँग देखिएकी छैनन् । श्रोतका अनुसार उनले मेयर साहसँग जबर्जस्ती गर्न नहुने भन्दै उक्त अभियानप्रति आपत्ति जनाएकी छन् ।
विगतमा आफूले धेरैलाई तह चलाएको भन्दै उनले २/४ सय ट्यापे र फेसबुकेको आडमा चुरीफुरी नगर्न बालेनलाई चेतावनी दिए । उनले बालेन समर्थक ट्यापे र फेसबुकेहरुलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व आफूले गर्ने घाषणा नै गरेका छन् । बालेनले बिहीबार काठमाण्डुको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले वृत्त बढी नै आक्रोशित भएको छ ।
बस्नेतले आफू र आफ्ना अध्यक्ष केपी ओलीसँग अल्फाबिटा सञ्चालकले फोटो खिचाएका कारण डोजर चलाइएको भए बालेनको सन्की र लहडी आतंक बन्द गर्ने चेतावनी फेसबुकमार्फत सार्वजनिक गरेपछि उनी सामाजिक सञ्जालमा लखेटाएमा परेका छन् । अवैध संरचना भत्काउने क्रममा अल्फाबिटा सञ्चालक र बालेन्द्रबीच भनाभनसमेत भएको थियो ।