
उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहर भरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एक जना पनि अविवाहित पुरुष छैनन् । तर, ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।
महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।
ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।
अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।