भावी प्रधानमन्त्रीमा केपी ओलीको नाम फाइनल , माइन्युट गरेरै भयो निर्णय !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर एमाले चुनावी मैदानमा जाने भएको छ । एमालेले औपचारिक निर्णयनै गरेर ओलीलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

दुई दिन सम्म चलेको एमाले केन्द्रिय कमिटिको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावी कमाण्डर बनाउने निर्णय गरेको छ । यस्तो निर्णय भएसँगै देशभरका एमाले कार्यकर्ताहरुमा खुशियाली छाएको छ । एमालेले आफ्नो नेतृत्वलाई ब्राण्डीङ गरेको छ ।

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने ।

पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी महिनामा पदमुक्त भए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****