
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताव भएको हो ।
नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजाबापत १५ रूपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रूपैयाँ थप्नेगरी भएको हो ।
त्यस्तै ७ र ८ कक्षाका बालबालिकालाई भने महानगरले नै दैनिक २५ रूपैयाँ उपलब्ध गराउने छ । महानगरको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो ।
यसका लागि नगरपालिकाले ९ करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ । विद्यार्थीको हाजिरी हेरेर खाजा खर्चबापतको रकम उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।
यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****