करार कर्मचारीको हकमा अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतको आदेश !

जन्तेढुंगा गाउँपालिकाले करारमा नियुक्ति गरिएका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध उच्च अदालतमा परेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने आदेश सुनाएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

करार अवधि थपका लागि अन्तरिम आदेश जारीको मागसहित हटाइएका करार कर्मचारीले रिट निवेदन दिएकोमा उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले सो सन्दर्भमा अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश सुनाएको हो।

 

 

 

गाउँपालिकाले गत साउन–१ गतेदेखि लागू हुने गरी करारमा कार्यरत कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेपछि करार पदमा कार्यरत कर्मचारीले अन्तरिम आदेशका लागि अदालतमा रिट निवेदन दिएका थिए।

 

 

 

‘रिट निवेदकहरू कार्यरत पदको प्रकृति स्थायी दरबन्दीको नभई करार प्रकृतिको देखिएको र गाउँपालिकाले साउन–१ गतेदेखि त्यस्ता करार प्रकृतिका शिक्षक, शिक्षिका एवं कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको देखिँदा प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशबाहेकका अन्य मागका सम्बन्धमा पछि फैसला गर्दा ठहरेबमोजिम हुने हुँदा हाल रिट निवेदकहरूको निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन,’ आदेशमा भनिएको छ, ‘कानुनबमोजिम गर्नू ।’