
एजेन्सी । काठमाडौं महानगरपालिका मेयर बालेन साह अवैध संरचनामा भकाभक डोजर चलाइरहेका छन् । यसैबीच, दक्षिण छिमेकी भारतको राजधानी दिल्लीबाट अवैध भवन भत्काउन लागिएको खबर बाहिरिएको छ ।
अहिले दिल्लीमा अरविन्द केजरीवाल मुख्यमन्त्री छन् । यो खबर बाहिरिएपछि धेरैले बालेन स्टाइलमै केजरीवाल अघि बढेको भन्दै नेपालमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
भारतको ट्वीन टावरका रुपमा चिनिएका नोएडाका २ वटा विशाल भवन आज भत्काइँदैछ । नोएडाको सेक्टर ढघब् को सुपरटेक टावरलाई सर्वोच्न अदालतको आदेशपछि भत्काउन लागिएको हो ।
१०० मिटरभन्दा अग्लो दुवै टावर खस्न १२ सेकेण्ड मात्र लाग्नेछ । बिहान ७ बजे आसपासको सोसाइटीमा बसोबास गर्ने करिब ७ हजार मानिसलाई विष्फोट जोनबाट हटाइएको छ । अब ट्विन टावर नजिक जान सबैलाई प्रतिबन्धित गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले ट्विन टावर नजिक प्रहरी मात्रै तैनाथ छन् । दिउँसो १ बजे डेढ किलोमिटरको दायरा भित्रका सबैलाई हटाइनेछ । त्यहाँ भत्काउने टोली मात्र उपस्थित हुनेछ ।