
काठमाडौ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित दुई मेयरको सामाजिक सञ्जालमा छेडखानी भएको छ। काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक अर्कालाई छेडाछेड गर्दै पेचिलो ‘स्ट्याटस वार’ थालेका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
धराने मेयर हर्क चरा दिनको काठमाडौँ बसाइमा विभिन्न राजनीतिक दल, तिनका नेता र मन्त्रालयको भेटघाटमा व्यस्त रहे। साँझ परेपछि सामाजिक सञ्जालमा मनको कुरा लेखिहाल्ने हर्कले काठमाडौंमै हुँदा ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको बिजोग’ भन्दै स्ट्याटस लेखे।
‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो!’ उनले लेखेको स्टाटस यहि हो।
उनको उक्त स्ट्याटसले काठमाडौंका मेयरलाई मात्रै गिज्याएको थिएन, राजनीतिक दलका नेता र तिनका जनप्रतिनिधिहरूको पनि शेखी झारिरहेको थियो।
मेयर हर्कलेले लेख्न छाडेनन् र अझै अगाडि बढेर अर्को स्ट्याटस लेखे, ’जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम्सेकम काम त शुरु गरे!’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****