
तपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।
यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ। सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ ।
एक अर्कावीच हँसाई राख्नुस् आज भोलीको एक अर्कौ सँग मोबाईल चलाएर बस्ने अनि एउटाले गरेको काममा अर्कोले कुनै पनि ध्यान नदिने हुदा सम्बन्धमा चोसो पना आईरहन्छ । त्यसैले गर्दा आपसमा दिल खोलेर हाँस्नुस् किनकि हँसाईबाट शरीरमा अक्सीटोसिन हार्मोन बन्ने गर्दछ जुन हार्मोनले सधै मुड सफा राख्छ। सधै हाँस्नेवाला जोडीको साथमा धेरै खुशीयाली रहने गर्दछ । यिनीहरुले हाँस्दै मुस्कुराउँदै जीवनको कैयौ मुश्किलका घुम्तीहरुलाई सजिलै पार लगाउँछ ।
यदि तपाई पनि आफ्नो सम्बन्धलाई सफल बनाउँन चाहनुहुन्छ भने एक अर्कावीच हाँसी खुशी रहनुस र हँसाइरहनुस् । यसबाट सम्बन्धका जादु सुमधुर रहनेछ । मनमा कहिल्यै दुर्भाव नराख्नुस्जु न जोडी सधै खुशी रहन्छ उनीहरु एक अर्काप्रति कुनै दुर्भाव राख्दैन । हरेक सम्बन्धमा धेरै थोरै ल डाई झगडा त हुन्छ नै तर कोशिश गर्नुस कि सुत्नुभन्दा पहिले मुद्दालाई सुल्झाउँनुस् ताकि आगामी दिनको शुरुवात राम्रो हुनेछ।