
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।
अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको बताएका छन् । बालेनविरुद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ।
काठमाण्डाै – सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।