
काराेबारकाे पहिलाे दिन आज (भदाै १४ गते) नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ७ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज आइतबार तेजावी सुन प्रति तोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज आइतबार १५ रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घट्दै १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****