
माओवादी केन्द्रभित्र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउनेबारे अनौपचारिक छलफल चलेको छ ।
‘उहाँ रामेछापको बासिन्दा भएको हुनाले सम्भावित उम्मेदवारबारे कुरा हुँदा कसैले नाम लिएको हुन सक्छ’, मोक्तानले भने, ‘मैले चाहिं यो विषयमा केही सुनेको छैन, उहाँ (घिसिङ) ले पनि राजनीतिमा आउने इच्छा देखाउनु भएको थाहा छैन ।’
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र मात्र रहेको रामेछाप गठबन्धनबीचको भागबण्डामा माओवादीले पाउने करिब पक्काजस्तै छ । हाल रामेछापबाट माओवादीका श्यामकुमार श्रेष्ठ प्रतिनिधिसभा सदस्य छन् । दुईपटक लगातार निर्वाचित भएका श्रेष्ठ तेश्रो कार्यकालका लागि पुनः आफैं उम्मेदवार बन्ने मनस्थितिमा छन् ।
रामेछापबाटै प्रतिनिधित्व गर्ने पोलिट्ब्युरो सदस्य युवराज चौलागाईं पनि यसपटक उम्मेदवार बन्न कस्सिएका छन् । घिसिङ सक्रिय राजनीतिमा नरहे पनि भित्रभित्रै माओवादीप्रति नरम भाव राख्छन् । लोडसेडिङ अन्त्य गरेर दुवैपटक उनलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी माओवादीले दिएको हो ।